बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

युरोपमा रहेका नेपाली राजदूतलाई खोपबारे प्रश्‍न गर्दै सरकार

काठमाडौँ - कोभिडविरूद्धको खोप उपलब्ध गराउन नसकेका मुलुकमा रहेका नेपाली राजदूतसँग सरकारले त्यहाँको अवस्था र नेपालले गरेको पहलबारे लिखित जानकारी माग्‍ने भएको छ । कतिपय युराेपेली मुलुकले अन्य देशलाई खोप उपलब्ध गराए पनि नेपालले नपाएको अवस्थालाई नियाल्दै सरकारले यसबारेमा जानकारी लिने तयारी गरेको हो ।

युरोपेली मुलुकबाट एक डोज खोप नेपाल आउन नसकेको विषयमा सरकारले छलफल गर्दै त्यस्तो निस्कर्षमा पुगेको हो । त्यहाँ रहेका राजदूतहरूले किन पहल गरेनन् वा के समस्या भयो भन्दै यस विषयमा जानकारी लिने भनिएको मन्त्रिपरिषद् स्रोतले बतायो ।  

नेपालमा भारत, चीन र अमेरिकाबाट खोप अनुदानमा आइसकेको छ । त्यस्तै ती मुलुकबाट खरिद गरेर पनि खोप ल्याइएको छ । जापानबाट पनि अनुदानमा खोप आउने भएको छ । तर अन्य मुलुकबाट किन आएन त्यसमा सरकारले खोजी गर्न आवश्यक रहेको बताइदैं आएको थियो ।  

सोमबार बसेको नियमित बैठकमा मन्त्रीहरूले खासगरी युरोपेली मुलुकबाट किन खोप आएन भन्दै सरकारले खोजी गर्न पर्ने आवस्था आएको भन्दै छलफल गरेका थिए । युरोपका अधिकांश मुलुकमा कूटनीतिक सेवाबाट गएका राजदूत छन् उनीहरू के गरेर बसिरहेका छन् भन्दै त्यसबारेमा मुख्य सचिव शंकरदास बैरागीमार्फत परराष्ट्रलाई सोध्‍न लगाउने भनिएको एक मन्त्रीले जानकारी दिए । 

ब्रसेल्स, बर्लिन, पेरिस, कोपनहेगन, जेनेभा, मड्रिट, मस्को र भियनामा रहेका दूतावासका नियोग प्रमुख तथा कार्यबाहक प्रमुखले किन खोपको पहल नगरेको भन्दै तत्काल सोध्‍न भनिएको छ । परराष्ट्र एक अधिकारीका अनुसार भने त्यस विषयमा मन्त्रालयले जानकारी दिएको हो । बेलयातमा पूर्वमुख्य सचिव नै राजदुत छन् । त्यहाँबाट खोप आउने घोषणा भएको धेरै भयो तर आउन सकेको छैन । 

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए अमेरिकाले भिसा नदिने

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द विष्ट

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…