मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

सिन्धुली- दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पङ्कजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उनी मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने उहाँले बताउनुभयो । मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गर्नु भएको हो ।
सोमबार बिहान उक्त स्थानमा करिब २५÷३० वर्षको पुरुषको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा मृतकको छातिमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । प्रहरीले घट्नास्थलबाट धारिलो हतियार चुप्पी र खुपा बरामद गरेको थियो ।
प्रहरीका अनुसार पङ्कज साथिहरुसँग मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै आएका सबै जना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ । भारतको विभन्न स्थानबाट बर्सेनि साउनको पहिलो सोमबार मधुगङ्गा महादेवको दर्शन गर्न यहाँ आउने गरेका बताइएको छ ।

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_rWod7IFI7T_ve8hypc0a1bj56nxeeiyet2ywhzy9wwfiwllutddbsgsetqdrn3focxmy0ze.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

राशिफलमा यस्तो हुनेछ तपाईंको भाग्य

प्रतिक्रिया