बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

सांकेतिक तस्विर

साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । बंगलादेशमा भएको प्रतियोगितामा उपविजेता भएको नेपाली टोली मंगलबार अपरान्ह स्वदेश फर्किएको हो । नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फाका प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किएपछि कप्तान विर्सना चौधरीले अन्तिम खेलमा सवै खेलाडीले राम्रो प्रदर्शन गर्दा पनि नजिता आफ्नो पक्षमा पार्न असफल भएको बताइन् ।

त्यस्तै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीहरुले निरन्तर खेल्दा थकान महशुस गरेको र त्यसको असर अन्तिम खेलमा देखिएको बताए ।

प्रतियोगिताको अन्तिम खेलमा आयोजक बंगलादेशसँग पराजित भएपछि नेपाल उपबिजेतामा सिमित हुन पुगेको थियो । बंगलादेश, नेपाल, भुटान र श्रीलंकाको सहभागिता रहेको प्रतियोगितामा बंगलादेशले ६ वटै खेल जित्दै च्याम्पियन बन्न सफल भयो भने नेपाल ४ खेल जित्दै उपविजेता बन्यो ।