अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

काठमाडौं- सरकारले मिर्गौलाका बिरामीहरूका लागि साढे ८ लाख रुपैयाँसम्मको उपचार सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । उनले सहुलियतसँगै पीडित बिरामी र उनीहरूका परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
यो सुविधा प्राप्त गर्नका लागि बिरामी अनिवार्य रूपमा सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको हुनुपर्ने शर्त राखिएको छ। प्रधानमन्त्री ओलीले आफ्नो पोस्टमा उल्लेख गरेका छन्, ‘यसका लागि अनिवार्य रुपमा स्वास्थ्य बीमा भने आबद्ध हुनुपर्ने छ।’
मिर्गौला रोगीका अतिरिक्त सरकारले अन्य सात प्रकारका गम्भीर रोगका बिरामीहरूलाई पनि राहत दिने निर्णय गरेको छ। निर्णयअनुसार, क्यान्सर, मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले एक लाख रुपैयाँ बराबरको उपचार खर्च पाउनेछन् ।

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

प्रतिक्रिया