लाजिम्पाटको प्रफेक्ट कलेक्सन ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम लुगाहरू

काठमाडौं- प्रफेक्ट कलेक्सनले आफ्नो ९ औ वार्षिकोत्सव मनाएको छ । मंगलबार लाजिम्पाटस्थित सांग्रिला होटल अगाडि एक कार्यक्रमको आयोजना गरेर कलाकार तथा अभिनेता आर्यन सिग्देलको उपस्थितिमा कलेक्सनले ९ औँ वर्षको यात्रा मनाएको हो।
सञ्चालक सविन केसी र सत्य श्रेष्ठले कलेक्सनलाई सञ्चालनमा ल्याएका हुन् । वार्षिकोत्सवको अवसरमा कलेक्सनले आफ्नो नयाँ आउटलेटलाई विस्तार गरेको छ ।
कलेक्सनमा सेवाग्राहीले चाहे अनुसार लुगा खरिद गर्न पाउने भएका छन् । यसअघि कलेक्सनले फेन्सी आइटमका लुगामात्र राख्ने गरेको थियो । अब भने कलेक्सनले फर्मल कपडाको पेन्ट, जिन्स तथा अन्य लुगाहरू पाइने सञ्चालक केसीले जानकारी दिए । उनका अनुसार कलेक्सनमा सुटकेस, जुत्ता, चप्पल तथा जिन्सका आइटम र कपडाका थरीथरी आइटम उपलब्ध छन् ।
‘एकजना सेवाग्राहीले कलेक्सनमा प्रवेश गरेपछि सबै प्रकारका सामग्री पाउनेछन्,’ उनले भने,’ कलेक्सन हाउसमा हाउसमा छिरेपछि सेवाग्राही फर्केर जानु नपरोस् भन्ने चाहना छ ।‘ सहुलियत दरमा सेवाग्राहीलाई सामान उपलब्ध गराइने केसीले बताए ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

प्रतिक्रिया