बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

बेइजिङ- चीनले सन् २०२५ को पहिलो छ महिनामा ६९ लाख ५० हजार नयाँ शहरी रोजगारी सिर्जना गरेको छ । यो सङ्ख्या वार्षिक रोजगारी लक्ष्यको ५८ प्रतिशत हो, जुन चीनले वर्षभरि पूरा गर्ने लक्ष्य राखेको छ ।

मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता छुई पेंगछेङका अनुसार, जुन महिनामा शहरी बेरोजगारी दर पाँच प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग मिल्दोजुल्दो हो ।

सरकारले रोजगारी प्रवद्र्धन गर्न ल्याएका विभिन्न सहयोगी नीतिहरूका कारण, चीनको रोजगार स्थिति स्थिर रहन सफल भएको छ, यद्यपि बाह्य परिस्थितिहरू चुनौतीपूर्ण रहेका छन् ।

यसका साथै, चीनको आर्थिक वृद्धिले रोजगारी बढ्नमा सकारात्मक प्रभाव पारेको देखिएको छ । सन् २०२५ को पहिलो छ महिनामा चीनको जीडीपी ५.३ प्रतिशत ले वृद्धि भएको छ । दोस्रो त्रैमासिक (अप्रिल–जुन) मा मात्र पनि ५.२ प्रतिशत को आर्थिक वृद्धि देखिएको छ ।

चीनले सन् २०२५ मा ५.५ प्रतिशत वरिपरिको शहरी बेरोजगारी दर कायम राख्ने र एक करोड २० लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने लक्ष्य बनाएको छ ।  (सिन्ह्वा)