जुम्लाका मेलमिलाप कर्तालाई कानुनी साक्षरता तालिम
जुम्ला : जुम्लाको हिमा गाउँपालिकाले पालिका भरी रहेका मेलमिलापकर्ताहरुलाई कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ । गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक हिमाली रोकायाको संयोजकत्वमा अध्यक्ष राजबहादुर शाहीको अध्यक्षतामा कार्यक्रम गरी वडा भरीका ४० जना मेलमिलाप कर्ताहरुलाई कानुनी साक्षरताका बारेमा प्रशिक्षित गरिएको हो ।
समाजमा हुने स–साना विवादको वातावरण सिर्जना भएकालाई मेलमिलापकर्ताहरुले महत्वपुर्ण भुमिका खेल्नु पर्ने भएकाले उनीहरुको लागी यस्तो तालिम दिइएको उपाध्यक्ष रोकायाले बताइन । कार्यक्रममा अधिवक्ता देवेन्द्र शर्मा र महिला अधिकारकर्मी तथा लेखक लक्ष्मी कन्या बुढाले मेलमिलापकर्ताहरुलाई निश्पक्ष रुपमा दुबै पक्षको जीत हुनेगरी मिलापत्र गरेर विवाद निरुपणमा लाग्न आग्रह गरेका थिए ।
समाजमा भित्र हुने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने गरी मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिइएको अधिवक्ता शर्माले बताए । उक्त अभिमुखिकरण कार्यक्रममा मेलमिलापकर्ताहरुका लागि विवाद मिलापत्र लिखत तयार सम्वन्धि विभिन्न कुराहरुको बारेमा कानुनी प्रावधान लगायतका बारेमा प्रशिक्षण दिइएको उनले बताए ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

२८ लाख धरौटी बुझाएर मध्यराति दुर्गा प्रसाईं छुटे

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_9i4itOWq33_dvbml0gvnjyooudwpp6xx2giud5ob03jsxbxtezb8sil34uzhozaecwllsux.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_9e10PVHV8h_ryyhbn4wci48potrstufbgcr2gk0ektbaz1sctdraffsarntsihe7aujbz44.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

प्रतिक्रिया