मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

कामदारमा कोभिड देखिएपछि दुई पुल निर्माणको काम रोकियो

सिमकोटः हुम्लामा निर्माणधीन दुई वटा पक्की पुलको काम रोकिएको छ । पुलमा काम गरिरहेका कामदारलाई कोभिड १९ परिक्षण गर्दा संक्रमण देखिएपछि निर्माण कम्पनीले पुलको काम बन्द गरिएको हो

पुल निर्माण कम्पनी सपना धुलिखेल जेभिका स्थानीय प्रतिनिधि तेजबहादुर महतका अनुसार कामदारको कोरोना परिक्षण गर्दा कोरोना देखिएपछि दुई वटा पक्की पुलको निर्माण कार्य रोकिएको छ । उनले कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक खण्डको हेक्पा र ताग्रु खोलामा निर्माण कार्य भइरहेको बेला २५ जना कामदारको कोरोना परिक्षण गर्दा १५ जना कामदारलाई कोरोना देखिएपछि पाँच दिनका लागि सबै काम रोक्का गरिएको बताए ।

जिल्ला बाहिरबाट ल्याइएका कामदारहरुले आवश्यकता अनुसार दुबै पुलको निर्माण कार्य गर्दै आएको निर्माण कम्पनीले जनाएको छ । संक्रमण पुष्टि  भएका मध्ये तीन जना डोजर चालक हुन् ।  कामदार मध्ये केहीलाई रुघाखोकी लागेपछि निर्माण स्थलमै कोरोना परिक्षणको व्यवस्था गरिएको थियो ।

कोभिड देखिएका कामदार मध्ये ११ जना सिमकोटस्थित रानीवनको आइसोलेशनमा छन्  । भने चार जनालाई निर्माण स्थल क्षेत्रमै होम आइसोलेशनमा राखिएको छ ।  सबैतिर कोभिड १९ संक्रमण बढी रहेका बेला नाम्खा गाउँपालिकालाई आग्रह गरेर निर्माण कम्पनीले सबै कामदारको कोरोना परिक्षणको व्यवस्था गरेको थियो ।