बाढीले बेलिब्रिज बगायो

ताप्लेजुङ- बाढीले फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने बेलिब्रिज बगाएको छ । अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । पुल बगेसँगै उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ ।
बाढीका कारण तमोर नदीको बहावसमेत बढेको छ । उक्त बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको हो ।
अरुण नदी आसपासमा सतर्क रहन आग्रह
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षा भएका कारण अरुण नदीलगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिब्यराज पोदरेलले जानकारी दिए ।
माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप वर्षाको सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । उक्त क्षेत्र भई बग्ने ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्क गराइएको हो ।

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

प्रतिक्रिया