गणतन्त्रको सबैभन्दा बढी चिन्ता तथा सरोकार आफूहरुलाई छः अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरुलाई नै रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित गणतन्त्र अगाडि र पछाडिको नेपाल शीर्षक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने धारणा राखे । उनले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट गरे । कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिहरूबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले त्यसले मुलुकलाई गलत दिशातर्फ डोर्याउन सक्ने खतरा रहेको धारणा राखे ।
देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन प्रवृत्तिहरू हावी हुँदै गइरहेकाले यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्ने उनले बताए ।

कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न : अर्जुननरसिंह केसी

‘आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा’

विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रियः महासचिव पोखरेल

कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हु…

किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन, बल्ल अ…

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

प्रतिक्रिया