कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई जग्गा दिएछ, पिलिज अस्पतालको जग्गा फिर्ता गरिदिनु: मेयर साम्पाङ्ग

काठमाडौँ- धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले धरानको छाता चोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन्।
उनले उक्त जग्गा ‘कुनै कुलङ्घारले दलालीमा भुलेर’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको आरोप लगाउँदै तत्काल फिर्ता गर्न माग गरेका हुन्। धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गर्ने योजना अघि सारे पनि जग्गा अभाव भएपछि मेयर साम्पाङले प्रतिष्ठानको स्वामित्वमा रहेको उक्त जग्गा फिर्ताका लागि पहल थालेका थिए।
मंगलबार स्वास्थ्य मन्त्रालयलाई पठाइएको पत्रमा मेयर साम्पाङले आफ्नो शब्दमा माग प्रस्तुत गरेका छन् । ‘धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनै कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाइएछ,’ पत्रमा उल्लेख छ, ‘यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। पिलिज फिर्ता गरिदिनु होला।’
मेयर साम्पाङले उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत दिएका छन्।

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया