सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समाज बदल्ने सपना बोकेकाहरुले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बिचारलाई अनुशरण गर्न जरुरी रहेको बताएका छन् । पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले समाज बदल्ने सपना बोकेकाहरुले उहाँका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिए ।
केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित ४७ औँ पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे । ‘पुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुुभयो । उहाँका केही सीमाहरु थिए होलान तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुुहुुन्थ्यो,’ अध्यक्ष ओलीले भने । उनले पुष्पलाल सवैखाले आशक्तिवाट माथि रहनु भएको तथ्य पनि राखे ।
‘पुष्पलाल जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरुको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरुलाई बिर्सन मिल्दैन,’ ओलीको भनाई थियो ।’
विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी र…

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल

सामाजिक सुरक्षा कोषले श्रमिक र तिनका परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

प्रतिक्रिया