बिहीबार ०८ साउन, २०८२
Thursday, July 24, 2025

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

इनरुवा(सुनसरी)-  सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आज छुरा प्रहार गरेर छोरोले बाबुको हत्या गरेका छन् । सहोदर छोरा मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गर्दा बुबा ६० वर्षीय सबिब अन्सारीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए  । 

जग्गाको विषयमा घरायसी विवाद हुँदा ४० वर्षीय रियाजले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिबको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो । छुरा प्रहार गर्ने मोहम्मद रियाज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
---