शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

काठमाडौँ- काठमाडौँको तिनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई काठमाडौँको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स गएराति करिब १० बजेतिर दुर्घटनामा परेको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताए । 

एम्बुलेन्समा चालक मात्र रहेका थिए । चालक दुर्गा कोइराला सामान्य घाइते छन् ।