शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

विगत एक दशकमा वैदेशिक रोजगारबाट श्रीलङ्कामा उल्लेखनीय आम्दानी

कोलम्बो- श्रीलङ्काले सन् २०१५ देखि २०२५ मे महिनासम्मको अवधिमा वैदेशिक रोजगारबाट ६१.१ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स प्राप्त गरेको छ । यो जानकारी श्रीलङ्काका विदेश तथा वैदेशिक रोजगारका उपमन्त्री अरुण हेमचन्द्रज्यूले हालै संसदमा दिएका हुन् ।

श्रीलङ्काको केन्द्रीय बैंकको तथ्याङ्क अनुसार, उक्त रेमिट्यान्सको राशि करिब १३ हजार ९४६ अर्ब श्रीलंकाली रुपैयाँ बराबरको रहेको छ ।

उनले थप जानकारी दिँदै, सन् २०२५ फेब्रुअरी २५ सम्मको अवस्थासम्म करिब १३ लाख ५० हजार श्रीलङ्काली नागरिकहरू विभिन्न मुलुकहरूमा रोजगारीमा रहेका जानकारी दिए ।
श्रीलङ्काको अर्थतन्त्रका लागि वैदेशिक रेमिट्यान्स प्रमुख आम्दानीका स्रोतहरू मध्ये एक मानिन्छ । (सिन्ह्वा)