कार्यकर्तालाई गोकुल बास्कोटाले भने- एमाले वा माधव नेपालमध्ये एक रोज्नुस्

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले कार्यकर्तालाई एमाले वा माधवकुमार नेपालमध्य एक रोज्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
अब एमाले र माधव नेपाललाई सँगै हिडाउन र जिताउन नसकिने बताएका छन् । बास्कोटाले माधव जित्दा एमाले नै हार्ने तर एमाले जित्दा माधव मात्र हार्ने टिप्पणी गरेका छन् ।
'अब एमाले र माधव नेपाललाई न त सँगै हिडाउन सकिन्छ न त जिताउन नै । माधव जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधव मात्र हार्छन्' बास्कोटाले ट्वीट गरेका छन् 'तसर्थ देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्नुपर्छ । अर्को विकल्प छैन ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया