नक्कली नोटसहित दुई जना पक्राउ

त्रिशूली (नुवाकोट)- नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट रु एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार छ जना किशोरहरूले नक्कली नोट लिएर हिँडेको सूचनाका आधारमा खटिएको प्रहरीले नक्कली नोट बनाउन संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारमा यही मङ्गलबार किनमेल गर्न नक्कली नोट बोकेर हिँडेका ती किशोरहरूसँग गरिएको अनुसन्धानका क्रममा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दुप्चेश्वर–७ का ४२ वर्षीय नरबहादुर तामाङ र ४८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । प्रहरीको अनुसार उनीहरूले एक हजार दरका नक्कली नोट बनाएर बच्चा र गाउँमा चलनचल्तीमार्फत प्रयोगमा ल्याउने गरेको पाइएको छ ।
बजारमा सामाग्री खरिद गर्न आएका बालकहरूको साथबाट रु एक हजार दरका ६९ थान र पक्राउ परेका व्यक्तिको घरमा खोजतलास गर्दा थप २४ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । “उनीहरूले लामो समयदेखि नक्कली नोट बनाएर प्रयोगमा ल्याउने गरेको पाइएको छ”, प्रहरी नायब उपरीक्षक लामाले भने, “संलग्न अन्य व्यक्ति र प्रयोग भएका उपकरणको खोजी भइरहेको छ ।”
पक्राउ परेकालाई प्रहरीले आज जिल्ला अदालत नुवाकोटबाट ‘खोटा मुद्रासम्बन्धी कसुर’मा कारबाहीका लागि अनुसन्धान गर्न सात दिनको म्याद लिएको छ ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

प्रतिक्रिया