नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

कानो, नाइजेरिया- नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५ जना सदस्यको मृत्यु भएको बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा दिइएको जानकारीमा जनाइएको छ ।
नाइजेरियाली सेनाले यस हप्ताको सुरुदेखि सुरू गरेको स्थल तथा हवाई आक्रमणमा आपराधिक गिरोहतर्फ ठूलो हताहत भएको हो ।
गरिबी र सरकारी उपेक्षाका बीच नाइजेरियाको ग्रामीण इलाकामा सशस्त्र आपराधिक गिरोहको पकड रहेको छ । तिनीहरूले फिरौतीको लागि गाउँहरूमा छापा मार्छन्, लुट्छन् र घरहरूमा आगो लगाउँछन् ।
उनीहरूले गाउलेबाट अनधिकृतरूपमा कर उठाउने र विरोध गर्ने गाउलेको हत्या गर्ने वा अपहरण गर्ने घटनाहरू सामान्यजस्तै बर्षभरी भइरहन्छन् ।
मङ्गलबार नाइजेरियाली वायु तथा स्थल सेनाले उत्तरपश्चिमी राज्य नाइजरमा ‘डाकुले गरेको आक्रमणलाई विफल पार्नुका साथै हवाई तथा स्थल आक्रमण’ गरेको एक निजी द्वन्द्व अनुगमनकर्ता संस्थाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
रिजाउ स्थानीय सरकारी क्षेत्रको वारारी र रागाडा गाउँनजिकै भएको झडपमा कम्तीमा ९५ डाकुको मृत्यु भएको जनाइएको छ ।
नाइजेरियाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेनाले दर्जनौँ आतङ्ककारीलाई झडपमा परास्त गरेको छ भने उनीहरूको तर्फबाट भएका थुप्रै आक्रमणलाई निष्प्रभावी बनाएको छ ।
झडपमा एक सैनिकको मृत्यु भएको बताइएको छ ।
विगतमा आफ्नो उपलब्धिको प्रचार गर्ने र कहिलेकाहीं अतिरन्जित गर्ने गरेको नाइजेरियाली सेनाले धेरै डाकुहरू मारिएको घटनाप्रति तत्काल कुनै प्रतिक्रिया दिएको छैन । सेनाले गाउँलेहरूमाथि भएको धेरै आक्रमणपछि कारबाही गरेको थियो।
सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । (एएफपी)

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया