शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

काठमाडौँ- नेपालीले भारतमा तीन महिना समयावधि भएको सीम कार्ड पाउने गरेका छन् । भारतमा उपचार र भ्रमणका लागि पुगेका नेपालीले तीन महिना समयावधि भएको सहजै सीम कार्ड पाउने गरेका हुन् ।

भारतस्थित नेपाली दूतावासका दूतावासका डेपुटी चिफ मिसन डा. सुरेन्द्र थापाले नेपालीले विमानस्थलमा पासपोर्ट देखाएमा सहजै विभिन्न टेलिकमका काउण्टरबाटै सीमकार्ड पाउने गरेको इकागजलाई बताए ।

'भारतले पछिल्लो समय आधिकारिक डकुमेन्ट देखाएर सीमकार्ड पाइने व्यवस्था गरेसँगै नेपालीले भारतीय सीमकार्ड पाउने गरेका छन् । भोडाफोन र एयरटेलको काउण्टरमा गएर नेपालीले पासपोर्ट देखाएमा सीमकार्ड पाउँने गरेका छन्,' थापाले भने ।

भारतको जुनसुकै राज्यमा नेपालीले तीन महिना समयावधि रहेको सीमकार्ड पाउने उनले जानकारी दिए ।