शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

काठमाडौँ- काठमाडौँको मध्यबानेश्वरमा खानेपानीको पाइप फुटेर सडकमा बगिरहेको छ । केहि दिनदेखि उक्त सडकको एपेक्स कलेज अगाडि पानी बगिरहेको स्थानीयले बताएका छन् ।

'यहाँ पानी फुटेको ८/१० दिन भयो । कसैले बनाउन वास्ता गरेको छैन्' एक स्थानीयले इकागजसँग भने 'सडकमा यात्रा गर्ने सास्ती भइरहेको छ ।'

तर ८/१० दिनदेखि खानेपानीको पाइप फुटेर सडकमा पानी बग्दा पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भने बेखबर छ । यसैबारे इकागजले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईलाई सोध्यो- मध्यबानेश्वरमा ८/१० दिनदेखि सडकमा पानी बगिरहेको छ के भएको हो ? राईले जवाफ दिए- 'के भएको रहेछ अहिले बनाउन लगाइहाल्छौँ ।' उनले कहिलेदेखि खानेपानीको पाइप फुटेर त्यस्तो भएको भन्नेबारे थाहा नभएको बताए ।