फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

पेरिस- फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने भएको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोले बिहीबार यो घोषणा गरेका हुन् । उनले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा यो मान्यताको औपचारिक घोषणा गर्ने बताए ।
म्याक्रोनले सोशल मिडिया प्लेटफर्ममा लेखेका छन, ‘मध्यपूर्वमा दिगो शान्तिको लागि फ्रान्सको प्रतिबद्धताको एक भागको रूपमा मैले यो निर्णय लिएको छु। शान्ति सम्भव छ। आज सबैभन्दा महत्त्वपूर्ण कुरा गाजामा युद्ध रोक्न र नागरिकहरूको जीवन बचाउनु हो।’
फ्रान्सको निर्णयप्रति प्यालेस्टिनी प्राधिकरणले खुशी व्यक्त गरेको छ भने इजरायलले विरोध गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो निर्णयको कडा निन्दा गरेका छन् । उनले भने, ‘यो निर्णयले आतङ्कवादलाई पुरस्कृत गर्छ र गाजा जस्तो अर्को इरानी समर्थित प्रोक्सीलाई जन्म दिनेछ।’ यस्तो अवस्थामा प्यालेस्टिनी राज्य इजरायलसँग शान्तिमा रहँदैन, तर यसलाई नष्ट गर्न प्रयोग हुनेछ।
फ्रान्सको यो कदमलाई प्यालेस्टाइनी प्राधिकरणले स्वागत गरेको छ । बिहीबार राष्ट्रपति महमुद अब्बासलाई औपचारिक पत्र हस्तान्तरण गरिएको थियो। पीएलओका उपाध्यक्ष हुसेन अल–शेखले भने, ‘हामी म्याक्रोनको निर्णयको प्रशंसा गर्छौं, जसले अन्तर्राष्ट्रिय कानून र प्यालेस्टिनी जनताको अधिकारप्रति फ्रान्सको प्रतिबद्धता झल्काउँछ।’
फ्रान्स प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने सबैभन्दा ठूलो पश्चिमी देश हो। हालसम्म १४० भन्दा बढी देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएका छन् । धेरै युरोपेली देशहरू पनि यसमा समावेश छन्।
प्यालेस्टिनी जनताले स्वतन्त्र राज्यको माग गरिरहेका छन् । यसमा वेस्ट बैंक, पूर्वी जेरुसेलम र गाजा पट्टी समावेश छ। सन् १९६७ को मध्यपूर्व युद्धमा इजरायलले कब्जामा लिएका थिए।

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया