शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

सिरहा-  मिर्चैया नगरपालिका–५ स्थित ‘हिल पार्क’ नजिक बिहीबार साइकल दुर्घटनामा परी १३ वर्षीय अभिषेक मण्डलको मृत्यु भएको छभने १२ वर्षीय विकास ठाकुर घाइते भएका छन् । विद्यालयबाट फर्किएपछि घुम्न गएका बालकहरू अनियन्त्रित साइकल दुर्घटनामा परेका हुन् । ओरालो बाटोमा साइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
 
गम्भीर चोट लागेका मण्डलको उपचारमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने ठाकुरको मिर्चैया अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार पार्क जाने बाटो अप्ठ्यारो भएकाले दुर्घटनाको जोखिम बढेको छ ।