बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजीनामा

मकवानपुर- बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध सो पार्टीका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
बागमती प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । यस प्रदेशसभामा कांग्रेसका ३७ जना सदस्यमध्ये २१ जनाले दलका नेता लामाविरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बानियाँले मुख्यमन्त्री लामा नेतृत्वको सरकारले एक वर्षको समयमा कुनै ठोस काम गर्न नसकेको, विकास निर्माणका काम प्रभावकारी नभएको, आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणमा गठबन्धन दलहरू र प्रतिपक्षी दलहरूसमेत असन्तुष्ट रहेका कारण उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको जानकारी दिए ।
कांग्रेसका चार मन्त्रीद्वारा राजीनामा
यसैबीच मुख्यमन्त्री लामा नेतृत्वको सरकारमा सहभागी कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए । उनका अनुसार आफूसहित संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्री लामासमक्ष राजीनामा दिएका हुन् ।

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी र…

सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्…

प्रतिक्रिया