प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय गुरूङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।
राष्ट्रप्रति पौडेलले आज शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङले लोकतन्त्र स्थापना र पुनःस्थापनामामा पुर्याएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
गुरुङको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका बेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरेका छन् ।
राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको सचिवालयले जनाएको छ । चितवन नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहनुभएका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थए ।

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष भण्डारीको आब्हान (प्रेस बिज्ञप्त…
%2520copy_EH5pI3r0VR_hbj9qa4xxyrbjpmzk9nfrqp1bdp34uhjxdtegapwzrwsnplduragizehmyhg_Q9trRaWYZv_9g8j2bewc0rrk4jhul2wqg9bhtpkdcusiekhxckgdxbladehehdhdabtkdlb.jpg)
प्रतिक्रिया