आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

अर्लि बर्ड अफर सहित साइमेक्स इन्क. द्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिलायन सेभेन सार्वजनिक

नेपालमा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले बहुप्रतीक्षित बीवाईडी सिलायन– ७ (सेभेन) बिहीबार सार्वजनिक गरेको छ । सिलायन– ७ देशको प्रिमियम इलेक्ट्रिक एसयूभी सेगमेन्टमा एक नयाँ साहसी प्रतिस्पर्धीको रूपमा आएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सोङले दिगो विकासको क्षेत्रमा चीन र नेपालको बढ्दो सहकार्यलाई उल्लेख गर्दै प्रशंसा गरे । साथै, उनले बीवाईडी सिलायन– ७ जस्ता प्रविधिसम्पन्न विद्युतीय सवारीसाधनहरूको प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने विश्वास व्यक्त गरे ।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, 'बीवाईडी सिलायन– ७ मा नवीनतम विद्युतीय प्रविधि, प्रिमियमस्तरको कम्फर्ट र नेपालका लागि तयार पारिएको इन्जिनियरिङबाट संयोजन गरिएको छ । १०० किलोवाट भेरियन्ट र आकर्षक प्रारम्भिक मूल्यसहित नेपाली बजारमा अर्को एक महत्वपूर्ण मोडेल प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरेका छौँ । दिगो यातायातको माग बढ्दै गर्दा सिलायन– ७ ले सार्थकता र आकर्षण दुवैका साथ विद्युतीय सवारीप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।'

विशेषता र मूल्य

  • नेपालका लागि नयाँ पिँढीको विद्युतीय एसयूभी हो । यो गाडी अब नेपालमा १०० किलोवाटको रियर-ह्वील ड्राइभ कन्फिगरेसनमा उपलब्ध छ, जुन उच्च प्रदर्शन, आकर्षक डिजाइन र लामो दूरी क्षमताका लागि इन्जिनियरिङ गरिएको छ । यो मोडेल बीवाईडीको ओसिएन सिरिजको हिस्सा हो ।
  • नेपालमा बीवाईडी सिलायन– ७ को खुद्रा मूल्य ७४.९९ लाख रुपैयाँ तोकिएको छ । तर प्रारम्भिक अर्ली बर्ड मूल्य ७२.९९ लाख (सीमित अवधिका लागि) मा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
  • प्रारम्भिक चरणमा बुकिङ गर्ने ग्राहकहरूले विशेष वारेन्टी प्याकेजको सुविधा पनि पाइने ।
  • ब्लेड ब्याट्री: १० वर्ष / २,००,००० किलोमिटर ।
  • इलेक्ट्रिक मोटर: १० वर्ष / १,८७,५०० किलोमिटर ।
  • पूरै सवारीसाधन (एलएभी साथ): ७ वर्ष / १,५०,००० किलोमिटर । यसमा भने सर्तहरू लागू हुने बताइएको छ ।

नवीनतम प्रविधि र विशेषताहरू

यस गाडीमा सेल-टु-बडी (सीटीबी) इन्टिग्रेसनसहितको ब्लेड ब्याट्री रहेको छ । बीवाईडीको अत्याधुनिक ई-प्ल्याटफर्म ३.० मा निर्मित 'सिलायन– ७' क्रान्तिकारी ब्लेड ब्याट्रीमा जडित भएकाले विश्वव्यापी रूपमा यसको सुरक्षा, टिकाउपन र नयाँ प्रविधिका लागि चर्चित छ । सेल-टु-बडी (सीटीबी) इन्टिग्रेसनमार्फत ब्याट्री सवारीसाधनको संरचनाको अभिन्न भाग बन्छ, जसले इन्टेरियर र गाडीको सन्तुलन राम्रो बनाउँछ ।

यस गाडीमा रहेको ब्याट्रीको क्षमता ७१.८ किलोवाट/आवर र डब्लूएलटीपी रेन्ज ४४० किलोमिटर छ ।

सिलायन– ७ मा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जुन ३८० न्युटन मिटर टर्क उत्पादन गर्न सक्षम छ र विश्व कीर्तिमान राख्ने २३,००० आरपीएममा घुम्ने क्षमता राख्छ । यो उच्च गति मोटरले तीव्र एक्सेलेरेसन सुनिश्चित गर्दै बीवाईडीको इलेक्ट्रिक पावरट्रेन नवप्रवर्तनमा नेतृत्वलाई मजबुत बनाउँछ ।

नाइमा आटो शोम लक्ष्मी ई–मोबिलिटीद्वारा ‘फोर्थिङ ईभी’ सार्वजनिक हुँदै

नाइमा आटो शोम लक्ष्मी ई–मोबिलिटीद्वारा ‘फोर्थिङ ईभी’ सार्वजनिक हुँदै

रिडारा आरडीसिक्स अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा आकर्षक सुविधासहित बजारमा उपलब्ध

रिडारा आरडीसिक्स अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा आकर्षक सुविधासहित बजार…

नाइमा अटो शोमा याडियाको ‘भेल्याक्स सिरिज’ सार्वजनिक हुँदै, तीन मोडेल एकैसाथ नेपाली बजारमा प्रवेश

नाइमा अटो शोमा याडियाको ‘भेल्याक्स सिरिज’ सार्वजनिक हुँदै, तीन मोडेल एकैसाथ…

बीवाईडीले उत्पादन ग-यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

बीवाईडीले उत्पादन ग-यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो …

ट्रायम्फ नेपालले सम्पन्न गर्‍यो ‘लिगेसी राइडः सौराहा एडिसन’

ट्रायम्फ नेपालले सम्पन्न गर्‍यो ‘लिगेसी राइडः सौराहा एडिसन’

जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्‍याउँदै दिगो

जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्‍याउँदै दिगो

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !