आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरु देशकै नेता भएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आइतबार बालुवाटारमा आयोजना गरेको विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले विपी कोइराला, पुुष्पलाल, गणेशमान लगाएत कुुनै दल विशेषका नेता नभइ देशकै नेता भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले योगदानलाई सम्मान गर्ने कुरामा दलका आधारमा बिभेद गर्न नहुने धारणा राखे  । प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोेक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

उनले राजनीतिक पार्टी गैरसरकारी संस्था नभएकाले एक व्यक्ति धेरै पार्टीमा नभइ एउटै एउटै पाटीमा बसेर राजनीति गर्नुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनका लागि काँग्रेस र कम्युुनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको उहाले बताए । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकलाई अघि बढाउनका लागि ठूला दुई दल मिलेर सरकार बनाउनुपरेको बताए । उनले  कांग्रेस र एमाले सहकार्य र प्रतिपष्र्धा गर्नका लागि एकै ठाउ आएको जिकिर गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुुवन ढुुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान गर्नुभएको थियो । नेपाल सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।