जुनु गौतमको 'यो माया' गीत सार्वजनिक

काठमाडौं- गायिका जुनु गौतमको नयाँ गीत ‘यो माया’ सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक तथा श्रोताको उल्लेखनीय माया पाएको छ।
जीवन अधिकारीको शब्द संगीत र बिपिन आचार्यको संगीत संयोजन रहेको यो गीतमा प्रेमका भावहरुलाई रमाइलो र नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा चर्चित रेस्लर अश्मिता जुरेली र क्रिस बमको आकर्षक अभिनय देख्न सकिन्छ। गीतलाई विशाल कैनीले कोरियोग्राफी र निर्देशन गरेका छन्।
सार्वजनिक भएको केही दिनमै गीतले युट्युबमा १ लाख ३० हजारभन्दा बढी पटक हेराइ पाएको छ। प्रेम र नृत्यको समिश्रण रहेको यस गीतमा दर्शक छमछमी नाच्न सक्ने खालको रमाइलो लय भेटिन्छ।
गायिका जुनु गौतमका अनुसार ‘यो माया’ पछि उनका आधा दर्जनभन्दा बढी गीतहरू सार्वजनिक हुने क्रममा छन्। 'मेरो यो गीतसँगै अन्य थुप्रै गीतहरू बजारमा आउँदैछन्, 'उनले भनिन्, 'तीमध्ये तीज गीत, भजन र शास्त्रीय (क्लासिकल) गीतहरू पनि समावेश छन्। दर्शकको माया पाउने गहिरो विश्वास लिएको छु।'

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

‘सन अफ सरदारः २’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुखी

अभिनेत्री कोइरालालाई बेलायतमा सम्मान

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

अवतारः ३ को पोस्टर सार्वजनिक, यसै वर्ष क्रिसमसमा हेर्न पाइने

'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' सकियो

प्रतिक्रिया