१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

ललितपुर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वन देखिएको बताउनुभएको छ । सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा आज ललितपुरमा आयोजित सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रममा मन्त्री दाहालले १० वर्षअघिको नेपाल र अहिलेको नेपालमा उल्लेखनीय रुपमा सकारात्मक परिवर्तन देखिएको बताउनुभयो ।
मन्त्री दाहालले भन्नुभयो, “सबैले खाना पाउनु, सबैले लगाउन पाउनुपर्ने समाजको परिकल्पना गरिएको हो । त्यसअनुरूप अहिले देशको विभिन्न भागमा पूर्वाधार विकास भइरहेको छ । पहिला बाटो नपुगेका ठाउँमा अहिले बाटो पुगेको छ, पुलहरू बनिरहेका छन् । विकासका दृश्यहरू विस्तारै देखिँदैछन् ।”
सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रलाई धन्यवाद दिँदै मन्त्री दाहालले लामो समयदेखि शिक्षण पेसा तथा अक्षलोक साहित्यिक पत्रिका प्रकाशनमार्फत समाजमा महत्वपूर्ण योगदान पुर्याएकाे भन्दै सिद्धिश्वरमान श्रेष्ठको स्मृतिमा आयोजना गरिएको सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रगतिवादी साहित्यमा सधैँ रुचि राख्ने र सामाजिक रूपान्तरणमा सिद्धिश्वरमानको महत्वपूर्ण भूमिकाप्रति म सम्मान व्यक्त गर्न चाहन्छु । उहाँको स्मृतिमा प्रतिभाशाली व्यक्तिहरूलाई सम्मान गर्ने कार्य अत्यन्त सान्दर्भिक छ । यस कार्यलाई अझ निरन्तरता दिइनेछ भन्ने विश्वास छ ।”
कार्यक्रममा सिद्धिश्वरमान अक्षलोक साहित्यिक पत्रिकाको पूर्णाङ्क ६८औँ लोकार्पण गरिएको थियो । साथै, साहित्यकार सिद्धिश्वरमानको सम्झनामा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सिद्धिश्वरमान –चन्द्र विष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार बेल्जियमका नागरिक ई–रोजर दग्रुनलाई प्रदान गरिएको छ भने सिद्धिश्वरमान –महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार प्रा. डा. भानुचन्द्र बज्राचार्यलाई प्रदान गरिएको छ ।
त्यसैगरी, सिद्धिश्वरमान –मिलन मुक्ति आजीवन साहित्य साधना पुरस्कार लालबहादुर भुजेल, सिद्धिश्वरमान –विष्णुकुमार अग्रवाल उत्कृष्ट साना उद्यमी पुरस्कार निष्ठा कायस्थ, सिद्धिश्वरमान –सर्वोत्कृष्ट शताब्दी स्वास्थ्य साधना सम्मान पुरस्कार डा. भगवान् कोइराला, सिद्धिश्वरमान –सर्वोत्कृष्ट शताब्दी साहित्य साधना सम्मान पुरस्कार राम विनय, सिद्धिश्वरमान –नेपाल भाषा सम्झ्या पुरस्कार नरेन्द्रबहादुर श्रेष्ठलगायत अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई पनि विभिन्न पुरस्कार प्रदान गरिएको छ ।

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

प्रतिक्रिया