कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

मुम्बई- कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ अहिले नेटफ्लिक्समा चर्चामा छ ।
कपिलको शोमा ठूला–ठूला सेलिब्रेटीहरू आउँदैछन् र दर्शकले यो शोमा भारती सिंहलाई अझै मिस गरिरहेका छन् । यसपटक भारती सिंह कपिल शर्माको शोको हिस्सा बनेकी छैनन् ।
तर, उनलाई ‘द ग्रेट इन्डियन कपिल शो सिजन ३’ को अफर आए पनि उनले काम भने गरिनन् । अब एक अन्तर्वार्तामा ‘लाफ्टर क्वीन’ आफैले खुलासा गरेकी छिन् कि किन प्रस्ताव आए पनि किन सो शो को हिस्सा बनिनन्।
भारती सिंहले मिडियालाई दिएको अन्तर्वार्तामा आफू कपिल शर्मालाई असाध्यै माया गर्छिन र उनलाई आफ्नो भाइ मान्ने बताइन् । यति मात्र होइन, भारती सिंहले कपिल शर्मालाई आफ्नो गडफादर भनेकी छन् । भारतीले कपिलबाट जीवनका धेरै कुरा बुझेको बताइन् । गर्भवती हुँदा उनले शो छोडेकी थिइन् । वास्तवमा, जब उनी पहिलो पटक आमा बनिन्, उनी धेरै डराएकी थिइन्। यस्तो अवस्थामा उनले शोबाट ब्रेक लिइन । त्यसपछि यो सिजन आउँदा भारतीलाई अफर आयो तर उनी ‘लाफ्टर शेफ’ गरिरहेकी थिइन् ।
भारती भन्छिन् कि उनी एक पटकमा एउटै प्लेटफर्ममा काम गर्छिन् किनभने उनी इमानदार हुन चाहन्छिन्। यस क्रममा भारतीले आफू साथीहरू प्रति इमानदार, पति हर्षप्रति इमानदार रहेको बताइन् । हाम्रा साथीहरू यस क्षेत्र प्रति इमानदार छन् र प्लेटफर्मप्रति पनि इमानदार छन्। अर्थात् कलर्समा उनको शो पहिलेदेखि नै चलिरहेको थियो, जसका कारण उनी नेटफ्लिक्स शोको हिस्सा बन्न सकिनन् ।

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

जुनु गौतमको 'यो माया' गीत सार्वजनिक

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

प्रतिक्रिया