मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

चीनसँग व्यापार र पर्यटनमा सहकार्यका लागि मुख्यमन्त्री पाण्डेको प्रस्ताव

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छिमेकी मुलुक चीनको साताव्यापी भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका छन् । नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशका अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री पाण्डेले त्यहाँ रहँदा तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव वाङ जुनझेङसँग भेटवार्ता गरेका थिए ।

भेटका क्रममा उनले गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गरी दुई देशबीचको व्यापार र पर्यटन प्रवद्र्धनका लागि सहकार्यको प्रस्ताव गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।

तिब्बत नाका भएर नेपाली र अन्य विदेशीलाई मानसरोवरको यात्रा सहजीकरण गर्ने, चीनका सहरहरुबाट काठमाडौँ र पोखरामा सीधा हवाई उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबीच लगानी र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिएका थिए ।

नेपाली र चिनियाँ ठूला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने, पोखराबाट ल्हासा आउने पर्यटकको भिसा र प्रवेशपास उपलब्धतामा सहजीकरण र सहकार्य गर्नेलगायतका विषयमा महासचिव जुनझेङ र मुख्यमन्त्री पाण्डेबीच कुराकानी भएको प्रेस संयोजक सापकोटाले बताए ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले तिब्बत सरकारले विभिन्न समयमा गर्दै आएको सहयोग, चीन सरकारको अनुदान र सहयोगमा निर्माण भएका पूर्वाधार, पर्यटन प्रवद्र्धनका गतिविधिले गण्डकी प्रदेशसँगको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास व्यक्त गरेका थिए ।

‘सिपिसी’का महासचिव जुनझेङले कोरला नाकालाई व्यवस्थित गर्ने सन्दर्भमा गण्डकी सरकारले गरिरहेको प्रयासबारे आफू जानकार रहेको भन्दै त्यसले दुई देशबीचको सहकार्यको अवसर सिर्जना गर्ने र यसबारे तिब्बत सरकार सकारात्मक रहेको बताएका थिए । दुई देशबीच पर्यटन, कृषि, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा तिब्बत सरकार तयार रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेसँग ‘सिपिसी’का लिन्जी नगर समितिका सचिव र सो नगरका प्रमुखसँग पनि भेट गरेका थिए । रासस

एमच्याम नेपाल र अमेरिकी वाणिज्य विभागद्वारा आइसीटी व्यापार र लगानी प्रवद्र्धनका लागि उच्चस्तरीय वेबिनार आयोजना

एमच्याम नेपाल र अमेरिकी वाणिज्य विभागद्वारा आइसीटी व्यापार र लगानी प्रवद्र्धनका…

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री राणा

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री रा…

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए अमेरिकाले भिसा नदिने

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…