मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ पोखरामा भेटिए, नाम पुष्टि हुन बाँकी

काठमा‍डौँ- सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरा भेटिएका छन् । उनीहरू पोखरा महनगरपालकिा ३० का २ वटा घरमा रहेका छन् । एक घरमा १२ र अर्कोमा ४ जना रहेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । प्रहरी अधिकृतहरू सम्बन्धित ठाउँमा पुग्दै गरेकाले सिन्धुलीको नाम र त्यहाँ भएका माानिसको नाम रुजु गर्दै गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिए । 

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना बेपत्ता भएपछि अहिले प्रहरीले खोजतलास सुरु गरेको थियो । घर छाडेर बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ जना छोरा, ६ जना छोरी, १ जना बुहारी, १ जना नातिनी र १ जना ज्वाइँसमेत रहेका छन् ।