पोर्न फिल्म बनाएको अभियोगमा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति पक्राउ

मुम्बई : बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति राज कुन्द्रालाई मुम्बई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पोर्न फिल्म प्रसारणमा संलग्न रहेको कसुरमा पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ । कुन्द्रामाथि एपमार्फत पोर्न फिल्म सप्लाई गर्ने गरेको आरोप छ ।
प्रहरीले कुन्द्रा पोर्न फिल्म बेच्ने कुरामा प्रमुख आरोपी रहेको र उनको संलग्नतासम्बन्धी पर्याप्त प्रमाणहरू रहेको जनाएको छ । योसँगै प्रहरीले आरोपमाथि थप छानविन भइरहेको पनि आरोप लगाएको छ ।
केही कलाकारले कुन्द्राविरुद्ध मुम्बई हाईकोर्टमा मुद्दा दायर गरेका थिए । उनीहरूले कुन्द्रा र उनका सहयोगीले पोर्न फिल्म खिच्न जबर्जस्ती गर्ने गरेको र आफूहरूसँगको सम्झौता विपरित ती फिल्म पैसा तिरेर हेर्न मिल्ने मोबाइल एप्लिकेसनमा उपलब्ध गराएको आरोप लगाएका थिए ।
यसरी आरोप लगाउनेमा पुनम पाण्डे पनि रहेको बताइएको छ । पाण्डेले आफ्नो इच्छा विपरित कुन्द्राले त्यस्ता भिडियो बाँडेको उनले आरोप लगाएको समाचारहरूमा उल्लेख गरिएको छ ।
कुन्द्रालाई प्रहरीले मंगलबार दिउँसो अदालतमा हाजिरी गराउँदैछ । मंगलबार बिहानै पनि प्रहरीले यही मुद्दामा संलग्न अर्को आरोपीलाई पनि पक्राउ गरेको छ ।
कुन्द्राले शिल्पासँग दोस्रो विवाह गरेका हुन् । कुन्द्राले नेपालमा पनि व्यापार गर्ने गरेको बताएका थिए ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया