मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

अत्तरिया (कैलाली)- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन् ।  आज धनगढीमा आयोजित एक कार्यक्रममा उहाँले  विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था  नरहेको बताए । 

उनले भने, “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ”, उनले भने, “वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”