दुई जलविद्युत्को आइपिओ खुल्यो

काठमाडौँ : मंगलबार आयोजना प्रभावित स्थानीयवासीका लागि दुई जलविद्युत्को साधारण सेयर (आइपिओ) निष्काशन भएको छ । मध्यभोटेकोशी जलविद्युत् र तेह्रथुम पावर कम्पनीको आइपिओ खुलेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई प्रतिसेयर १०० अंकित दरका कूल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरूका लागि छुटाइएको छ भने बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई छुट्याइएको छ ।
तेह्रथुमले चार लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया