२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपाललाई स्वर्ण पदक

कोलम्बो– श्रीलंकामा आइतवार आयोजित साउथ एसियनस्तरिय २५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट लक्मल्स च्यालेञ्ज २०२५ मा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघबाट सहभागी नेपाली खेलाडी सनि सिंहले स्वर्ण पदक जित्न सफल भएका छन् ।
उक्त प्रतियोगितामा श्रीलंकाका खेलाडीसँग दुई राउण्ड ड्र भएर तेस्रो पटकको भिडन्तमा नेपाली खेलाडीले स्वर्ण पदक, ट्रफी तथा एक लाख नगद पुरस्कार हात पार्न सफल भएका छन् ।
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा नेपालका खेलाडी सहभागि भएको उक्त प्रतियोगिताको अफिसियलमा प्रशिक्षक रामशरण राणा, प्रशिक्षक सम्पूर्ण महर्जन तथा खेलाडी शनि सिंहले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको प्रमुख अतिथिमा वर्ल्ड कुमिट फेडेरेशनका उपाध्यक्ष तथा वर्ल्ड ब्याकुरेल काइकन कराते अर्गनाइजेसनका अध्यक्ष कान्चो सोशी सुगिहारा रहेका थिए । यो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश तथा श्रीलंकाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

प्रतिक्रिया