गाजामा इजरायली हमलामा ३० जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)- मध्य नुसिरात जिल्लामा इजरायली हवाई आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार जनाएको छ ।
नागरिक रक्षाका प्रवक्ता महमुद बासलले आक्रमणहरू रातभर र बिहानसम्म भएको र नुसिरात शरणार्थी शिविरमा ‘धेरै नागरिकको घर’ लाई लक्षित गरिएको बताउनुभयो ।
स्थानीय अल–अवदा अस्पतालमा ‘१४ महिला र १२ बालबालिका सहित ३० जना शहीदको शव’ प्राप्त भएको बताइएको छ ।
इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । इजरायली सेनाले करिब २२ महिनादेखि गाजा पट्टीमा लडाकू समूह हमास विरुद्ध कारबाही गरिरहेको छ ।
सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले गरेको रक्तपातपूर्ण आक्रमणबाट सुरु भएको इजरायली आक्रमणबाट गाजामा ५९ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सप्ताहन्तमा अन्तर्राष्ट्रिय रायको दबाबमा यस क्षेत्रको अनिकालको समाधान गर्न इजरायलले सहायता वितरण गर्न अनुमति दिन आइतबारदेखि सुरु भएको ‘रणनीतिक विराम’ को एक शृङ्खला घोषणा गरेको थियो ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयअनुसार सैन्य कारबाहीमा विरामले हरेक दिन बिहान १० बजे (०७०० जिएमटी) देखि साँझ ८ बजेसम्म ‘ठूलो जनसङ्ख्या भएका क्षेत्रहरू’ समेट्नेछ ।
निर्धारित सहायताका सवारी मार्गहरू बिहान ६ देखि राति ११ बजे सम्म सुरक्षित रहने नेतान्याहुको कार्यालयले जनाएको छ । तर, रातभर आक्रमण जारी रहने छ ।
प्यालेस्टिनी क्षेत्रहरूमा नागरिक मामिलाका प्रभारी इजरायली रक्षा मन्त्रालयको निकाय कोगाटले सोमबार संयुक्त राष्ट्रसङ्घ र सहायता एजेन्सीहरूले दुई सय ट्रकभन्दा बढी सहायता वितरण गरेको बताएको छ ।
अन्य दुई सय ६० ट्रकलाई सङ्कलन विन्दुहरूमा सहायता जम्मा गर्न गाजामा प्रवेश गर्न अनुमति दिइएको थियो । संयुक्त राष्ट्रसङ्घका चार ट्याङ्कर जोर्डन र एमिराटी विमानहरूबाट सहायताका २० प्यालेट खसालिएको कोगाटले जनाएको छ । (एएफपी)

रूसको भूकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

रूसको पुर्वी भागमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_oPVQmtQyhe_swrzdkid4lohnheeokyiogadlyaai0rfv91sv9iecuyz77mm8xtqbymvplay.jpg)
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

अमेरिका-ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

प्रतिक्रिया