शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

होण्डा डिओ १२५ले ज्याङला पास (उपल्लो डोल्पा) मा बनायो नयाँ कीर्तिमान, बन्यो ५३०० मिटरको उचाइ चुम्ने नेपालकै पहिलो स्कूटर

नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. को सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत सम्पन्न गरेको हो ।

शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नै पुनः परिभाषित गरिदिएको कम्पनीको भनाई छ । काठमाडौंदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङला पाससम्म पुगेको यो मार्ग सहज थिएन ।

यात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै होण्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्या विना यो यात्रा सम्पन्न गरेको हो ।

यस असाधारण सफलता, स्कूटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, ईन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आईडेलिंग प्रणाली, कम्बाइन्ड ब्रेकिंग सिस्टम (सीबीएस) लगायतका अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ  ।

साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट, र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्ठ वन्डरले जनाएको छ।

नेपाल एट्थ वन्डर टोलीका अनुसार, यो यात्रा केवल स्कूटरको क्षमता परीक्षण मात्र थिएन, यो एक प्रेरणादायी सन्देश पनि हो ।

तिनले भने, “यदि तपाईंको साथमा सही सोच, समर्पित टोली र एक भरोसायोग्य सवारी छ भने, कुनै पनि दुर्गम गन्तव्य टाढा हुँदैन । “ तिनका अनुसार, यो यात्रा नेपाली मोटरिंग इतिहासकै एक प्रेरक अध्याय बन्न पुगेको छ । होण्डा डिओ १२५ अब केवल सिटी स्कूटर नभएर, गन्तव्य भन्दा पर पुग्न तयार ‘मिशन कम्प्लीट’ सवारी प्रमाणित भएको छ ।

स्याकार ट्रेडिङ कम्पनी प्रा.लि., विगत ५७ वर्षदेखि जापानको होण्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो । स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.,ले यो सफलतालाई नेपाली भूगोल, साहसिकता र होण्डाको विश्वस्त इन्जिनियरिङको सम्मिश्रणका रूपमा लिएको छ ।

कम्पनीले भविष्यमा पनि नेपाली सडक, मौसम र यात्राको आवश्यकता अनुसार उच्च गुणस्तरीय सवारी साधन निरन्तररुपमा उपलब्ध गराउँदै जाने प्रतिबद्धता दोहोर्‍याएको छ ।

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलता…

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका ला…

आईएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स- २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’द्वारा सम्मानित

आईएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स- २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवा…

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा ५० ब्रान्डको गाडी प्रदर्शनी हुँदै

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा ५० ब्रान्डको गाडी प्रदर्शनी हुँदै

अर्लि बर्ड अफर सहित साइमेक्स इन्क. द्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिलायन सेभेन सार्वजनिक

अर्लि बर्ड अफर सहित साइमेक्स इन्क. द्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिला…

नाइमा आटो शोम लक्ष्मी ई–मोबिलिटीद्वारा ‘फोर्थिङ ईभी’ सार्वजनिक हुँदै

नाइमा आटो शोम लक्ष्मी ई–मोबिलिटीद्वारा ‘फोर्थिङ ईभी’ सार्वजनिक हुँदै

रिडारा आरडीसिक्स अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा आकर्षक सुविधासहित बजारमा उपलब्ध

रिडारा आरडीसिक्स अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा आकर्षक सुविधासहित बजार…

नाइमा अटो शोमा याडियाको ‘भेल्याक्स सिरिज’ सार्वजनिक हुँदै, तीन मोडेल एकैसाथ नेपाली बजारमा प्रवेश

नाइमा अटो शोमा याडियाको ‘भेल्याक्स सिरिज’ सार्वजनिक हुँदै, तीन मोडेल एकैसाथ…