बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका-१ घर भएका ३३ वर्षीय सुकराम लामा तामाङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने सुर्खेत लेकवेशी नगरपालिका-१ घर भएका ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसलाले उक्त मुद्दामा १५ लाख रूपैयाँ जरिवाना, ५ दिन कैद र क्षतिपुर्ती बापत शुल्क ६० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका सुकरामलाई काठमाडौं महानगरपालिका-८ गौशालाबाट पक्राउ गरेको हो ।
साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई फरार रहेका लक्ष्मी प्रसादलाई बुढानिलकण्ठ नगरपालिका-६ बाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये सुकरामलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने लक्ष्मी प्रसादलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

नौ खानेपानी योजना सञ्चालनमा
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

प्रतिक्रिया