प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धराशायी बनेः डा. कोइराला

धरान- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धराशायी बन्दै गएको बताएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबिबिएस बिध्यार्थीहरुले धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले बीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरू जहाँ-जहाँ पुगे पनि सबैले शिर उँचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए । स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाई थियो ।

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोश्रो साताप…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै

प्रतिक्रिया