शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गरिएको हो ।

यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र थियो । नवीकरण गरेपछि पनि थप ५ वर्षकै लागि मान्यता पाइन्थ्यो । नयाँ संशोधित व्यवस्थाले अब लाइसेन्स नवीकरणसहित १० वर्षसम्म मान्य हुने व्यवस्था गरेको छ । सवारी जाँचपास तथा प्रदूषण परीक्षण कार्यमा निजी क्षेत्रलाई पनि अनुमति दिने प्रावधान ऐनमा समावेश गरिएको छ ।