गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

गाजा- गाजा सहरमा इजरायली सेनाको आक्रमणका कारण राहत सामग्री प्राप्त गर्न पर्खिरहेका सयौँ प्यालेस्टिनी नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले जनाएको छ ।
रिपोर्ट अनुसार, मे २७ सन् २०२५ यता मात्र करिब एक हजार ३७३ जना नागरिक मारिएका छन्, जसमा ८५९ जना अमेरिका समर्थित राहत केन्द्रको वरिपरि र ५१४ जना सहायता गाडी चल्ने बाटोमा मारिएका हुन् । यीमध्ये अधिकांश युवा र बालक छन्, जो आफ्ना परिवारलाई भोकमरीबाट बचाउन संघर्षरत थिए ।
मानवीय अधिकार संस्थाहरूले इजरायली सेनामाथि भोकलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्, भने राहत वितरण केन्द्रहरूमा दिनहुँजसो हुने हिंसाले गम्भीर मानवीय संकट सिर्जना गरेको उल्लेख गरिएको छ ।
यता, इजरायली सुरक्षाकर्मीहरूले राहत केन्द्रमा आफ्नो उपस्थिति वितरण सहज बनाउनका लागि मात्र भएको दाबी गरेका छन् । गाजाको अवस्था गम्भीर बन्दै जाँदा, अमेरिकी दूत स्टिभ विटकोफ र जर्मन विदेशमन्त्रीको इजरायली प्रधानमन्त्रीसँगको भेटमा बन्धकको सकुशल उद्धार र राहत पुर्याउनुपर्ने आग्रह पनि गरिएको छ ।
बाइस महिनादेखिको इजरायल–गाजा द्वन्द्वमा हालसम्म ६० हजार भन्दा बढी गाजावासीको मृत्यु भइसकेको जनाइएको छ र अहिले भने भोककै कारण मृत्यु हुन थालेको संयुक्त राष्ट्रसंघका निकायहरूले चेतावनी दिएका छन् । (एएफपी)

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया