शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

बागमती- मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । 

मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घरमा कोही नभएको मौका छोपी मानबहादुरले घाँटी थिचेर श्रीमती दुर्गालक्ष्मीको हत्या गरेको अभियोगमा मानबहादुरलाई पक्राउ गरिएको प्रनाउन अर्यालले बताए । 

पक्राउ परेका मानवबहादुरले श्रीमती पक्षघातको बिरामी भई हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेकाले आफू तनाबमा आई श्रीमतीको घाँटी थिची हत्या गरेको र आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनी प्रहरीमा बयान दिएका छन् ।  

दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।