मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

गृहले निलम्बन गर्‍यो एसपीद्वय बस्‍नेत र यादव तथा निरीक्षक चौरसियालाई

काठमाडौँ : गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा  प्रहरी उपरीक्षक (एसपी) विमल बस्‍नेत र रामेश्‍वरप्रसाद यादव तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरसिया छन् । मंगलबार गृह सचिवस्तरीय निर्णयबाट उनीहरूलाई निलम्बन गर्ने निर्णय भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । 

प्रवक्ता  कुँवरले जारी गरेको सूचनामा घटनाका विषयमा अहिले छानबिन भइरहेको र कसुरको मात्रा हेरी कारवाही हुने उल्लेख छ । तीनै जनामाथि विगतमा कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा आचरण विपरीत र गैरव्यावसायिक कार्य गरेको आरोप छ ।

 अहिले यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रवक्ताका रुपमा, बस्‍नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र चौरासिया इलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत छन् ।  मन्त्रालयका अनुसार उनीहरूले प्रहरी संगठनको छबीमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीलाई असर पुर्‍याउने कार्य गरेको प्रारम्भिक छानबिन पाइएको छ । उनीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरेको पाइएको प्रहरी प्रवक्ता कुवरले बताए ।  

मन्त्रालयले प्रहरी नियमावली,२०७१ विपरीत आचरण, व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि हुन आएकाले थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को (४) बमोजिम सचिवस्तरको निर्णयअनुसार बढीमा ६ महिनाका लागि निलम्बन गरिएको जनाएको छ । केही दिनअघि मात्रै मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रहरी नायब उपरीक्षक भरतराज चौधरीलाई पनि निलम्बन गरेको थियो ।
 

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे