आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

काठमाडौँ- ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ठमेलकै ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङ छन् । उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।  १४ साउनमा ठमेलकै दोहोरी साँझमा गुण्डागर्दीमा संलग्न भनिएका सानुभाइ भनिने र युवराज गुरुङ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो ।