मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

विश्वासको मत दिनुअघि गरेको प्रतिबद्धता पूरा गर्न देउवालाई ठाकुरको ध्यानाकर्षण

फाइल तस्बिर

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । ठाकुरले विज्ञप्ति जारी गर्दै विश्वासको मत दिनुअघि भएको प्रतिवद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

जसपाको ठाकुर समूहको कार्यकारिणी समूहको आज बुेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।