डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ-आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ताराहरूको नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरू देखिएका छन् । यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएकोमा यो फाइनल पोस्टर हो ।
अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ । निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः शहरको निम्न मध्यम वर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ ।
फिल्मको निर्देशन शर्मा स्वयंले गरेका हुन् । फिल्ममा अन्य कलाकारहरुका रुपमा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ । गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो ।

'एकै पलको माया’ बोलको गीतमा करिश्माको अभिनय

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

प्रतिक्रिया