काठमाडौंमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको चर्चा

काठमाडौँ- छिमेकी मुलुक चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । नेपाल-चीन कूटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, कूटनीतिज्ञ डा. भेषराज घिमिरे, प्रसिद्व साहित्यकार नन्दु उप्रेती, फ्रेन्डस अन क्लाउडका अध्यक्ष शोभित उप्रेतीलगायतले द्विपक्षीय सम्बन्ध र चासोका विषयमा धारणा राखेका हुन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठले चीन र नेपालको योजनाबद्ध विकासको कार्यक्रम सँगै शुरू भए पनि आर्थिक विकास र प्रतिव्यक्ति आयमा नेपाल निकै पछाडि परेको उल्लेख गरे । नेपालले अब आफ्नो मुख्य मुद्दा विकासलाई बनाउनुपर्ने र त्यसका लागि प्राविधिक तथा आर्थिक सहयोग चीनबाट लिन सक्नुपर्ने उनले धारणा राखे ।
प्रा. डा. भेषराज घिमिरेले चीनसँग आर्थिक कूटनीति बलियो पारेर नेपालले फाइदा उठाउनुपर्ने धारणा राखे । चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको स्मरण गर्दै उनले नेपालको समृद्धिमा चीनले सघाउँछु भन्दा पनि नेपाल सरकार र यहाँका राजनीतिक दलहरूले धेरै फाइदा उठाउन नसक्नु विडम्बनापूर्ण भएको उनले बताए ।
कार्यक्रममा साहित्यकार नन्दु उप्रेतीले हालै आफूले गरेको चीन भ्रमणको अनुभव सुनाउँदै त्यहाँको जीवनशैली र परिवर्तित सामाजिक अवस्थाबारे जानकारी गराएका थिए । क्लाउडका अध्यक्ष उप्रेतीले नेपाल-चीन सम्बन्ध अटुट, विश्वसनीय र चिरस्थायी राख्न एक अर्काको संवेदनशीलता र चासोमा गम्भीर हुनुपर्ने धारणा राखे ।

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

चीनसँग व्यापार र पर्यटनमा सहकार्यका लागि मुख्यमन्त्री पाण्डेको प्रस्ताव

एमच्याम नेपाल र अमेरिकी वाणिज्य विभागद्वारा आइसीटी व्यापार र लगानी प्रवद्र्धनका…

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री रा…

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

प्रतिक्रिया