माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध भएको बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि प्रचण्डले पार्टीलाई एकतावद्ध गर्ने चूनौति जिम्मेवारीपूर्वक पुरा गरेको बताएका हुन् ।
उहाले सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्पको सामूहिक प्रतिबद्धता गरिएको जिकिर गरे।
मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका लागि आन्दोलन गर्ने निर्णय बैठकले गरेको उनले बताए । प्रचण्डले कुलिङ अफ पिरियडमा भएको चलखेलमा दोषी देखिएकालाई कारवाही गर्नेगरि छानविन समितिले प्रतिवेदन बुझाउनुपर्ने स्पष्ट पारे ।
त्यस्तै बैठकपछि माओवादी उपमहासचिव जनार्दन शर्माले सवै एजेण्डामाथि बैठकमा खुला रुपमा छलफल भएको बताए । वैचारिक, राजनीतिक, सांगठनीक सबैका सन्दर्भमा गम्भीर रुपमा बहस भएको उनको भनाइ छ ।
चार दिनदेखि जारी माओवादीको स्थायी कमिटी बैठक सोमबार नै सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया