मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दोधारा चाँदनी (कञ्चनपुर)- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्वपश्चिम राजमार्गमा धनगढीबाट महेन्द्रनगर आउँदै गरेको सुप प्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्लाफाँटा नगरपानलिका–७ पीताम्बरका ४४ वर्षीय गजेन्द्रबहादुर कुवँरको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका कुवँरको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए ।

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

२८ लाख धरौटी बुझाएर मध्यराति दुर्गा प्रसाईं छुटे

प्रतिक्रिया