बुधबार २१ साउन, २०८२
Wednesday, August 06, 2025

शर्मिला वाइबा पक्राउ

काठमाडौँ- आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् । साइबर ब्यूरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो । नेपाल प्रहरीको साइबर ब्युरोले गत १६ साउनमा विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो ।

त्यसैका आधारमा वाइबा पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।